धन्यबाद मेरो ब्लग भिजिट गर्नु भएकोमा ! अनि तपाइहरुको सल्लाहा र सुझाब अपेक्षा पनि गर्दछु !मेरो यो BLOG बनाउनुको उद्देश्य त खासै केहि छैन,केवल आफ्ना मनका बिचार साथीहरु तपाईहरु माझ पुर्याउन को लागि हो,यो मेरो सानो प्रयासलाई माया गरि मलाई अझ अगाडि बढ्नमा हौसला,साथ दिनुहुनेछ भन्ने आशा गर्दछु र यो प्रयासलाई अगाडि बढाउने क्रममा आउने बाधा बैबधानलाई साथ दिनुहुनेछ,भन्ने आशाका साथ तपाईहरुको माया,प्रेम,सल्लाह र सुझाब को अपेक्षा गर्दछु।। """जस्तो सुकै समस्या आएपनि, गर्नेछु सामना ।। साथ दिनोस,प्यार दिनुहोस

Wednesday, 22 June 2011

धेरै भयो मनभित्र मायाको दीप

sita

धेरै लेखें चिठ्ठीहरु तिम्रो नाउँमा दिनदिन
तर तिम्रो जवाफ पाउन सकिन नि किनकिन
तिमीले माया मार्यौ कि त हुलाकीले बैमान गर्यो
कि त मलाई लाग्छ अचेल तिम्रो अन्तै ठेगान सर्यो ।
आफ्नै ठानी मीठा-मीठा बातहरु लेख्ने गर्थ्यौ
कहिले होला भेट भनी सपना नि देख्ने गर्थ्यौ
तर अचेल निरास छन कागज अनि मसीहरु
दुःख भन्दा थोरै भाछ तराजुमा खुशीहरु
लाग्छ अब तिम्रो दिलमा मेरो माया त्यसै मर्यो
कि त मलाई लाग्छ अचेल तिम्रो अन्तै ठेगान सरयो।
जति हेर्छु मायाको बोट देख्छु सधै नफलेको
धेरै भयो आजभोलि चिठ्ठीपत्र नचलेको
आजभोलि जताततै आँधीहुरी चल्दीनाले
धेरै भयो मनभित्र मायाको दीप नबलेको
तिम्रो यादमा तड्पिरहँदा साँझ पनि पर्यो
लाग्छ मलाई अचेल तिम्रो अन्तै ठेगान सर्यो
लाग्छ अचेल तिम्रो दिलले अन्तै डेरा सर्यो ॥
खै तिम्रो दिल पनि...

Tuesday, 14 June 2011

कति प्यारो कति प्यारो

शिव प्रकाश

 

197187_178920885487339_100001082861123_415603_3402004_nकति प्यारो, कति प्यारो, मुटु भन्दा माटो प्यारो
घर-देशको दुःख भन्दा पर-देशको सुख गाह्रो ।।
कोही छैन, केही छैन मनले हाम्रो आफ्नु भन्ने
मान्छेबीच नाता छैन कोही छैन आफ्नु ठान्ने
चुहिएको छानो राम्रो, भत्किएको गारो राम्रो
पराईको महल भन्दा आफ्नै छाप्रो कति राम्रो ।।
न त गुराँस फुलेको छ, न त हिमाल हाँसेको छ
आफ्नै देशको माटो सम्झी जिन्दगानी बाँचेको छ
गुन्द्रुक,ढिडो, सिन्की खाई हाँसेको त्यो मुहार राम्रो
हिमाल, पहाड ,तराई हाम्रो कति राम्रो कति राम्रॊ ।।

मे ०४, २०११ बोस्टन, अमेरिका ।

Saturday, 11 June 2011

किन मलाई तिम्रो याद

 

Fulतिम्रो यादले मुटु रेट्दा आँशु झार्दै छु ।
आउँछ्यौ भनीँ सपनीमा ढोका बार्दै छु ।
उर्लि आयो चैते हूरि डस्न मेरो छाती ,
उज्यालो मैँ रम्थेँ आज औँसी पार्दै छु ।
रित्त्याएर जीवन मेरो खुसी सुम्पिएँ
भङ्गालोमै अड्केँ तिम्लाइ खोला तार्दै छु ।
रङ्गायौ त्यो सिऊँदो तिम्रो पराइको नाऊँ
छुट्टेपछि त्यो दिलबाट डेरा सार्दै छु ।

Monday, 16 May 2011

जब तिमी गयौं हेरिरहे रोक्न सकि

38563_142787655747036_100000474078476_367191_6963924_n - Copy

छैन केही पिर कसरी भनु हुदैंन केही कसरी ढाँटु
जब तिमी गयौं हेरिरहे रोक्न सकिन
आँशु झरी रहयो आँखाबाट पूछ्न सकिन
भन कँहा गयौं तिमी छोडी मलाई मेरो जीवनलाई
एक्लो बनाई बिर्सेर यो ठूलो संसारमा
म त अझै पनि यहि सोची रहन्छु आफैलाई कति सोधिरहन्छु
के गल्ति भयो र मबाट
दुःख्दैन यो मन कसरी भनु जब लाग्छ डडेलो जीवनै भरी
जब तिमीले छोड्यौ सोची रहे केही बोल्न सकिन
कारण खोजी रहे आज सम्म तर केही भेटिन
भन कँहा गयौं तिमी छोडी मलाई मेरो जीवनलाई
एक्लो बनाई बिर्सेर यो ठूलो संसारमा
म त अझै पनि यहि सोची रहन्छु आफैलाई कति सोधिरहन्छु
के गल्ति भयो र मबाट
जब तिमी गयौं हेरिरहे रोक्न सकिन
आँशु झरी रहयो आँखाबाट पूछ्न सकिन
भन कँहा गयौं तिमी छोडी मलाई मेरो जीवनलाई
एक्लो बनाई बिर्सेर यो ठूलो संसारमा
म त अझै पनि यहि सोची रहन्छु आफैलाई कति सोधिरहन्छु
के गल्ति भयो र मबाट
भन कँहा गयौं तिमी छोडी मलाई मेरो जीवनलाई
एक्लो बनाई बिर्सेर यो ठूलो संसारमा
म त अझै पनि यहि सोची रहन्छु आफैलाई कति सोधिरहन्छु
के गल्ति भयो र मबाट
भन कँहा गयौं तिमी छोडी मलाई मेरो जीवनलाई
एक्लो बनाई बिर्सेर यो ठूलो संसारमा
म त अझै पनि यहि सोची रहन्छु आफैलाई कति सोधिरहन्छु
के गल्ति भयो र मबाट……

Tuesday, 19 April 2011

कती हुन्छ नेपाल बन्द

Greater Nepal Map Historical 

नेपाली हुँ नेपाली भै मलाई पनि बाँच्न देऊ
दुई चार मुठी अन्न पात भोलीलाई साँच्न देऊ
कसलाई के थाहा के सुरमा भोली यहाँ बन्द हुन्छ
धेरै रोएँ अब मलाई दुई चार दिनलाई हाँस्न देऊ,
अनिकालमा के बच्चा के बुढो पनि यसै रुन्छ
आज मेरो भिडमभिड छ भोली के थाहा मन्द हुन्छ
बन्द हुन्छ एउटा आशमा कती आशा मर्छन यहाँ
एक अर्कामा रुवाइरहँदा कुन छिमेकीले आई सुन्छ, 
ठेला गाडा चलाएर खानु पर्ने कहाँ जान्छ
आम्दानी क्यै हुन्न उसको दिन रात के ले खान्छ
अड्डा जाने अड्डा छोडि तास खेल्न बस्छन होला
दुरदेखि पियन दाजु पैदल हिडि कुर्न जान्छ,
स्कुलका बस अनी एम्बुलेन्स नि फुट्छन यहाँ
यस्तो जात्रा यही देशमा नभएर हुनु कहाँ
माग्नेहरु थुप्रै भए दिन सक्ने सुकी सके
स्कुल कलेज आर्मी ब्यारेक बन्नु पर्छ भन्छन जहाँ,
सुत्केरीको नाउँ पारी घाममा तेल घस्छन कहाँ
लोग्ने स्वास्नि झगडामा टायर बाली बस्छन जहाँ
बन्द हुन्छ एउटा आशमा कती आशा मर्छन यहाँ
बनिबनाउ शहरलाई भत्काउने गर्छन् जहाँ ।।।

भूउपग्रहबाट नियाल्दा पृथ्वीका अनेक रुप

हामी बस्ने प्रिथ्वी कस्तो छ होला ? बैज्ञानिकहरु प्रिथ्वी गोलाकार छ भन्छन् । हामीले त्यसको समग्र रुप हेर्न पाउने कुरो भएन । तर बैज्ञानिकहरुले भने भूउपग्रका माध्यमले सन्सार भरीका क्षेत्र नियाल्छन् । भूउपग्रहबाट हेर्दा हामी बस्ने प्रिथ्वीका लाखौं रुप हुने रहेछन् । नासाका बैज्ञानिक र अन्य स्रोतबाट लिइएका प्रिथ्वीका केहि रुप हेर्नुस् है त ?

सुनामी अघि र पछिको जापानमा बिद्दुत आपूर्ती । पहेंला थोप्ला देखिने ठाउँले मार्च ११ मा गएको भूइचालो र सुनामी पछि पनि बिद्दुत आपूर्ती भएको देखाउँछ । जुन मार्च १० मा पनि त्यसैगरि चम्किएको थियो । तर राता थोप्लाहरुले भने सुनामीपछि बिद्दुत आपूर्ती काटिएको संकेत गरेका हुन् ।  सुनामी पछि सहयोग गर्न पुगेका अमेरिकी प्रतिरक्षाका सेनाको एफ १८ भनिने भूउपग्रहले यो तस्विर खिचेका हुन् । तस्विर- डिएमएसपी

Tuesday, 5 April 2011

आम्नेसाम्ने आँखा जुधे पल्याक् पुलुक् आँखा तर्दै

सुन्दरीका पछि लाग्ने सुरा पनि उस्तै थिए
मोज मस्ती रमाइला कुरा पनि उस्तै थिए

रंगीचंगी प्रकाशमा मदहोस बन्दै गर्दा
संगीतमा छिन्छिन् बज्ने चुरा पनि उस्तै थिए

यौवनको उन्मातमा झल्किएका अंगहरू
आकर्षणमा जिस्काउने भुरा पनि उस्तै थिए

शरीरको आकर्षण बढाउने होड्बाजीमा
नखाएरै ख्याउटिएका लुरा पनि उस्तै थिए

आम्नेसाम्ने आँखा जुधे पल्याक् पुलुक् आँखा तर्दै
निहुँ खोज्दै बोल्ने जिब्रे छुरा पनि उस्तै थिए