तिम्रो यादले मुटु रेट्दा आँशु झार्दै छु ।
आउँछ्यौ भनीँ सपनीमा ढोका बार्दै छु ।
उर्लि आयो चैते हूरि डस्न मेरो छाती ,
उज्यालो मैँ रम्थेँ आज औँसी पार्दै छु ।
रित्त्याएर जीवन मेरो खुसी सुम्पिएँ
भङ्गालोमै अड्केँ तिम्लाइ खोला तार्दै छु ।
रङ्गायौ त्यो सिऊँदो तिम्रो पराइको नाऊँ
छुट्टेपछि त्यो दिलबाट डेरा सार्दै छु ।