धन्यबाद मेरो ब्लग भिजिट गर्नु भएकोमा ! अनि तपाइहरुको सल्लाहा र सुझाब अपेक्षा पनि गर्दछु !मेरो यो BLOG बनाउनुको उद्देश्य त खासै केहि छैन,केवल आफ्ना मनका बिचार साथीहरु तपाईहरु माझ पुर्याउन को लागि हो,यो मेरो सानो प्रयासलाई माया गरि मलाई अझ अगाडि बढ्नमा हौसला,साथ दिनुहुनेछ भन्ने आशा गर्दछु र यो प्रयासलाई अगाडि बढाउने क्रममा आउने बाधा बैबधानलाई साथ दिनुहुनेछ,भन्ने आशाका साथ तपाईहरुको माया,प्रेम,सल्लाह र सुझाब को अपेक्षा गर्दछु।। """जस्तो सुकै समस्या आएपनि, गर्नेछु सामना ।। साथ दिनोस,प्यार दिनुहोस

Tuesday, 14 June 2011

कति प्यारो कति प्यारो

शिव प्रकाश

 

197187_178920885487339_100001082861123_415603_3402004_nकति प्यारो, कति प्यारो, मुटु भन्दा माटो प्यारो
घर-देशको दुःख भन्दा पर-देशको सुख गाह्रो ।।
कोही छैन, केही छैन मनले हाम्रो आफ्नु भन्ने
मान्छेबीच नाता छैन कोही छैन आफ्नु ठान्ने
चुहिएको छानो राम्रो, भत्किएको गारो राम्रो
पराईको महल भन्दा आफ्नै छाप्रो कति राम्रो ।।
न त गुराँस फुलेको छ, न त हिमाल हाँसेको छ
आफ्नै देशको माटो सम्झी जिन्दगानी बाँचेको छ
गुन्द्रुक,ढिडो, सिन्की खाई हाँसेको त्यो मुहार राम्रो
हिमाल, पहाड ,तराई हाम्रो कति राम्रो कति राम्रॊ ।।

मे ०४, २०११ बोस्टन, अमेरिका ।

No comments:

Post a Comment