धन्यबाद मेरो ब्लग भिजिट गर्नु भएकोमा ! अनि तपाइहरुको सल्लाहा र सुझाब अपेक्षा पनि गर्दछु !मेरो यो BLOG बनाउनुको उद्देश्य त खासै केहि छैन,केवल आफ्ना मनका बिचार साथीहरु तपाईहरु माझ पुर्याउन को लागि हो,यो मेरो सानो प्रयासलाई माया गरि मलाई अझ अगाडि बढ्नमा हौसला,साथ दिनुहुनेछ भन्ने आशा गर्दछु र यो प्रयासलाई अगाडि बढाउने क्रममा आउने बाधा बैबधानलाई साथ दिनुहुनेछ,भन्ने आशाका साथ तपाईहरुको माया,प्रेम,सल्लाह र सुझाब को अपेक्षा गर्दछु।। """जस्तो सुकै समस्या आएपनि, गर्नेछु सामना ।। साथ दिनोस,प्यार दिनुहोस

Tuesday, 19 April 2011

भूउपग्रहबाट नियाल्दा पृथ्वीका अनेक रुप

हामी बस्ने प्रिथ्वी कस्तो छ होला ? बैज्ञानिकहरु प्रिथ्वी गोलाकार छ भन्छन् । हामीले त्यसको समग्र रुप हेर्न पाउने कुरो भएन । तर बैज्ञानिकहरुले भने भूउपग्रका माध्यमले सन्सार भरीका क्षेत्र नियाल्छन् । भूउपग्रहबाट हेर्दा हामी बस्ने प्रिथ्वीका लाखौं रुप हुने रहेछन् । नासाका बैज्ञानिक र अन्य स्रोतबाट लिइएका प्रिथ्वीका केहि रुप हेर्नुस् है त ?

सुनामी अघि र पछिको जापानमा बिद्दुत आपूर्ती । पहेंला थोप्ला देखिने ठाउँले मार्च ११ मा गएको भूइचालो र सुनामी पछि पनि बिद्दुत आपूर्ती भएको देखाउँछ । जुन मार्च १० मा पनि त्यसैगरि चम्किएको थियो । तर राता थोप्लाहरुले भने सुनामीपछि बिद्दुत आपूर्ती काटिएको संकेत गरेका हुन् ।  सुनामी पछि सहयोग गर्न पुगेका अमेरिकी प्रतिरक्षाका सेनाको एफ १८ भनिने भूउपग्रहले यो तस्विर खिचेका हुन् । तस्विर- डिएमएसपी
  / युएसएएफ

तस्विरको माथिल्लो भाग ईरानको दक्षिणपूर्वी क्षेत्र र अरेबियन पेनिन्सुयला । देब्रेपट्टीको भाग भने पर्सियन खाडी हो । तर माथिल्लो भागको दाहिनेतिरको चाहिँ गल्फ अफ ओमान (ओमानको खाडी) हो । तलको दाहिनेतिरको भाग चाहिँ अरेबियाली समुद्र हो । सबैभन्दा माथिको देब्रेपट्टी युनाईटेड अरब ई मिरेट्स, टुप्पो र दाहिनेतिरको पिँधको ओमान, सबै भन्दा टाढा देब्रेतिर पिँधको चाहि सउदी अरेबिया ।
तस्विर- एन्भिसा / इएसए

बहमासका २९  मध्येको एक क्याट टापू । सन् १९२५ अघि यो सान् साल्भाडोरको नामले चिनिन्थ्यो । कोलम्बसले अ मेरिका पत्ता लगाउनु अघि उनी पहिले यहि टापूमा गएका थिए भन्ने विश्वास गरिन्छ । तस्विर- आइएसएस / नासा

दक्षिणी अस्ट्रेलियाको क्विन्स्ल्याण्ड राज्यस्थित च्यानल कन्ट्री भनेर चिनिने ठाउँ । वर्षा नभएर सुख्खा भएका बेला यसै वर्षको मार्च महिनाको शुरुमा एक्कासि वर्षाद भएपछि  यो द्रिष्य देखिएको हो । तस्विर- मोडिस /तेरा / नासा

सुनामी अघि र पछिको जापान । देब्रेतिरको जुलाई २१ मा खिचिएको रिकुजेन्ताकाता भनिने ठाउँको हो जुन भूपग्रबाट खिचिएको थियो । दाहिनेतिरको भने १३ मार्चमा खिचिएको सोही ठाउँको हो । अर्थात् सुनामी गएको २ दिनपछिको तस्विर हो दाहिने तिरको । जापानमा कति क्षती भएछ भन्ने यहि तस्विरलेपनि प्रस्टै देखाउँछ । तस्विर- जेओ आइ

अफ्रीकाको पश्चिम सामुद्री किनारमा फैलिएको नामिब मरुभूमी र एटलान्टिक महासागर । तस्विर- अली / इओ-१ / नासा

लेबनान र टर्कीका पहाडमा मार्च १७ मा देखिएको हिउँले ढाकिएको द्रिष्य । तर मेडिटेरियन समुद्रको बिचमा देखिएको भने साइप्रसको टापू हो । फोटो- मोडिस /तेरा / नासा

उत्तर अफ्रीकी क्षेत्रस्थित पस्चिमी समूद्रतटिय भाग । पूर्वपट्टी अल्जेरियाको मोरक्कोसितको सिमा क्षेत्र पर्छ । सेतो देखिने मोरक्कोको हिमाली क्षेत्र हो । त्यसको पस्चिमतिर देखिने सहारा मरुभूमी हो । तस्विर- मोडिस /तेरा / नासा

दक्षिण अमेरिकाको पातागोनिया क्षेत्र । यो क्षेत्र उच्च हिमाल र होचो समुद्री तह; आगो र बरफ; मरुभूमी र हरित वनस्पतीका रुपमा प्रसिद्द छ । यो अ मेरिकाको कोलोराडो नदीदेखि फैलिँदै दक्षिण अमेरिकाको दक्षिणी भागसम्म पुग्छ । तस्विर- मोडिस /आकुवा / नासा

मार्च महिनाको अन्त्यतिर विन्स्कन्सिन र मिचिगन  क्षेत्रका केहि भागमा देखिएको हिउँका  लप्का । तस्विर- मोडिस्त / तेरा / नासा

अल्जेरियाको दक्षिणपूर्वी भागमा रहेको तास्सिली नाजेर राष्ट्रिय निकुञ्ज । यसले ७२ हजार वर्ग किमी क्षेत्रफल ओगटेको छ । यो सहारा मरुभूमीकै एक भाग हो । यसलाई यूनेस्कोको सूचिमा राखिएको छ । तस्विर- ल्यान्डस्याट-७ / नासा

चिनको तियान सान हिमाली क्षेत्र । एकनासरुपले फैलिएको यो विश्वकै एक ठूलो हिमाली क्षेत्र मानिन्छ । मध्ये एशियाको पूर्व पश्चिम फैलिएको यसको क्षेत्रफल करिब २ हजार पाँच सय किलोमिटर छ । यो तस्विरले करिब ६४ किमी क्षेत्र देखाएको छ जुन किर्गिस्तान र काजख्स्थान भेट हुने ठाउँ हो । तस्विर् – आइएसएस / नासा

 


मेक्सिकोको युकातान पेनिन्सुयला क्षेत्रको हलबक्स भनिने टापू र उत्तरमा यालाहौ लगून भनिने ठाउँ । तस्विर- कोम्साट-२/कारी / एएसए

No comments:

Post a Comment