धन्यबाद मेरो ब्लग भिजिट गर्नु भएकोमा ! अनि तपाइहरुको सल्लाहा र सुझाब अपेक्षा पनि गर्दछु !मेरो यो BLOG बनाउनुको उद्देश्य त खासै केहि छैन,केवल आफ्ना मनका बिचार साथीहरु तपाईहरु माझ पुर्याउन को लागि हो,यो मेरो सानो प्रयासलाई माया गरि मलाई अझ अगाडि बढ्नमा हौसला,साथ दिनुहुनेछ भन्ने आशा गर्दछु र यो प्रयासलाई अगाडि बढाउने क्रममा आउने बाधा बैबधानलाई साथ दिनुहुनेछ,भन्ने आशाका साथ तपाईहरुको माया,प्रेम,सल्लाह र सुझाब को अपेक्षा गर्दछु।। """जस्तो सुकै समस्या आएपनि, गर्नेछु सामना ।। साथ दिनोस,प्यार दिनुहोस

Tuesday, 19 April 2011

कती हुन्छ नेपाल बन्द

Greater Nepal Map Historical 

नेपाली हुँ नेपाली भै मलाई पनि बाँच्न देऊ
दुई चार मुठी अन्न पात भोलीलाई साँच्न देऊ
कसलाई के थाहा के सुरमा भोली यहाँ बन्द हुन्छ
धेरै रोएँ अब मलाई दुई चार दिनलाई हाँस्न देऊ,
अनिकालमा के बच्चा के बुढो पनि यसै रुन्छ
आज मेरो भिडमभिड छ भोली के थाहा मन्द हुन्छ
बन्द हुन्छ एउटा आशमा कती आशा मर्छन यहाँ
एक अर्कामा रुवाइरहँदा कुन छिमेकीले आई सुन्छ, 
ठेला गाडा चलाएर खानु पर्ने कहाँ जान्छ
आम्दानी क्यै हुन्न उसको दिन रात के ले खान्छ
अड्डा जाने अड्डा छोडि तास खेल्न बस्छन होला
दुरदेखि पियन दाजु पैदल हिडि कुर्न जान्छ,
स्कुलका बस अनी एम्बुलेन्स नि फुट्छन यहाँ
यस्तो जात्रा यही देशमा नभएर हुनु कहाँ
माग्नेहरु थुप्रै भए दिन सक्ने सुकी सके
स्कुल कलेज आर्मी ब्यारेक बन्नु पर्छ भन्छन जहाँ,
सुत्केरीको नाउँ पारी घाममा तेल घस्छन कहाँ
लोग्ने स्वास्नि झगडामा टायर बाली बस्छन जहाँ
बन्द हुन्छ एउटा आशमा कती आशा मर्छन यहाँ
बनिबनाउ शहरलाई भत्काउने गर्छन् जहाँ ।।।

No comments:

Post a Comment